प्राधिकरणमा कुलमानलाई पुनः नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यलयमा रोकियो

३ बर्ष अगाडि

काठमाडौ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यलयमा रोकिएको कुरा बाहिरीएको छ । उर्जामन्त्री बर्षामान पुनले गत सोमबारको मन्त्रिपरिषदमा पेश गर्ने भनेका थिए । तर, त्यो विचारधिन अवस्थामा प्रधानमन्त्रीको कार्यालयमा रोकिएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको हो । 
उनका सचिवालय सदस्य दुर्गा प्रसाद चापागाईंले फेसबुक मार्फत यस्तो जानकारीदिएका हुन् । यद्यपि, कुलमान पुनःनियुक्त हुने बिषयमा आफु आशावादी रहेको उनको भनाइ छ ।  
चार बर्षे कार्यकाल सकिएपछि कुलमान घिसिङ गत मंगलबार प्राधिकरणबाट विदा भएका छन् । तर, विद्युत क्षेत्रमा उनले दिएको योगदानको सम्मान गर्दै चौतर्फी रुपमा उनलाई प्राधिकरणमा पुनः नियुक्त गर्न दवाव सिर्जना भइरहेको छ । 

यस्तो छ उनको फेसबुक स्टाटस 

३ बर्ष अगाडि

प्रतिक्रिया