माउन्टेन इनर्जीको आईपीओ स्थानीयका लागि बिक्री खुला

विहीबार, ०१ असोज २०७७, १२ : ०७

माउन्टेन इनर्जी नेपालले आजबाट आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले  आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

यो कम्पनीको पहिलो चरणको आइपीओ हो ।

यस आइपीओमा स्थानीयले छिटोमा असोज १४ गतेसम्म र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस अघि कम्पनीले साउन २८ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्ने घोषणा गरे पनि देशका अधिकांश स्थानहरुमा बाढी पहिरोको भयावह अवस्था सृजना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएका कारण सो निष्काशन कम्पनीले स्थगित गरेको थियो । 

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन् ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ ।

विहीबार, ०१ असोज २०७७, १२ : ०७

प्रतिक्रिया