थप १३ सय ५६  जनामा कोरोना  संक्रमण  पुष्टि , आठ सयभन्दा बढी डिस्चार्ज

३ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६  जनामा कोरोना भाइरसको संक्रमण  पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ८ सय २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १८ हजार १ सय ४२ जना संक्रिय संक्रमित छन्। ७ हजार १ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया