काठमाडौं – अपि पावर कम्पनीले सञ्चालन गर्न लागेको तेस्रो जलविद्युत आयोजनामा लगानी जुट्ने भएको छ । उक्त आयोजनामा हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले लगानी गर्ने भएका हुन् । उनीहरु बीच आइतबार नै वित्तिय व्यवस्थापन सम्झौता भएको छ ।
अपि पावरले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पहिचान गरी निर्माणको काम शुरु गरिसकेको छ । उक्त आयोजना सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्छ । अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरेर विद्युत उत्पादन गर्न लागिएको हो ।
उक्त आयोजनामा ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान छ । त्यसमा ७० प्रतिशत अर्थात ५ अर्ब १८ करोड रुपैयाँ हिमालयन बैंकको अगुवाईमा उठाइने छ । ३० प्रतिशत अर्थात् २ अर्ब २२ करोड रुपैयाँ कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी उठाउने छ ।
प्रतिक्रिया