इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी डिपोबाट २० हजार लिटर पेट्रोलमा तारपिन तेल मिसावट गर्ने ना. ४ ख ३०८५ नम्बरको ट्याङ्कर चालक सचिन सुवेदी मंगलबार बेलुका थानकोट डिपोबाट पक्राउ परे ।
त्यसअघि बरौनीबाटै पेट्रोलमा मट्टितेल सहित अन्य केमिकल मिसावट ना ७ ख ४०९३ नम्बरको ट्यांकरका चालक सन्तोष खड्का र ना ७ ख ३९२३ नम्बर ट्यांकरका चालक राजेश वि.क.बाराबाट पक्राउ परेका थिए ।
गत २ हप्तामा यसरी पक्राउ पर्नेहरुको सूचीमात्रै ६ चालक पक्राउ परेका छन् । मिसावट गरेको पत्ता नलागेकाहरुको अझै धेरै हुन सक्ने आलय निगमका कर्मचारीहरु बताउँछन् ।
यसरी धमाधम ट्याँकरमा मिसाबट फेला पर्न थालेपछि नेपाल आयल निगमले इन्धन चोरी र मिसाबट रोक्नका लागि लगाउने गरेको ताला बेकामी बनेको छ ।
निगम स्रोतका अनुसार त्यसरी पक्राउ पर्नेहरु पनि सामान्य तरिकाले नै उम्कने गरेका छन् ।
प्रतिक्रिया