नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । गएराती १२ बजेदेखि लागु हुने गरेर निगमले लिटरमा एक रुपैयाँको दरले मूल्य घटाएको हो ।
मूल्य घटेसँगै डिजल र मट्टीतेलको मूल्य ८९ रुपैयाँ कायम भएको छ ।
पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने परिवर्तन गरिएको छैन ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले हरेक १५ दिनमा मूल्य समायोजन गर्ने गर्दछ
प्रतिक्रिया