१० मेगावाट भन्दा कमका जलविद्युत कम्पनीलाइ हर्जना नलगाउन विद्युत नियमन आयोगले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
नदीको वहावमा कमी भएको कारणले विद्युत ऊर्जा उत्पादनमा कमी हुँदा विद्युत खरिदकर्ताले विद्युत बिक्रीकर्तालाई क्षतिपूर्ति दिनु नपर्ने व्यवस्था गर्न आग्रह गरेको हो ।
आयोगले उक्त जलविद्युत कम्पनीलाइहरुको विद्युत उत्पादनको पूर्वानुमानलाई आधार मानी हर्जना स्वरुप कुनै रकम असुल गरेको भएमा सो रकम सम्वन्धित विद्युत बिक्रीकर्ताको आगामी महिनाको बिलिङ रकममा समायोजन हुने गरी कार्यान्वयन गर्न जनाएको छ ।
प्रतिक्रिया