रिडीले साढे ८ मेगावाट सौर्य बिजुली उत्पादन गर्यो

मंगलबार, २७ असोज २०७७, ०८ : ३३

बुटवलमा रिडी हाइड्रो पावर कम्पनीले साढे ८ मेगावाट सौर्य बिजुली उत्पादन गरेको छ ।

कम्पनीले ६ महिना अघि नै उत्पादन गर्ने योजना बनाए पनि कोरोनाकारण भर्खरैबाट मात्र उत्पादन सुरु भएको हो ।

कम्पनीले एक वर्षअघि उक्त आयोजनाको संरचना निर्माण गर्न सुरु गरेको थियो ।

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट ७।३० रुपैयाँमा बिक्री गर्ने सम्झौता भइसकेको छ ।
 

मंगलबार, २७ असोज २०७७, ०८ : ३३

प्रतिक्रिया