माउन्टेन इनर्जीको आईपीओ आवेदन दिने आज अन्तिम दिन

असोज २९, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं – माउन्टेन इनर्जी नेपालले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौं ३१ गतेदेखि स्थानीयको लागि बिक्रीमा ल्याएको आईपीओमा आज आवेदन दिने अन्तिम दिन रहेको हो । 
कम्पनीले आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा स्थानीयले छिटोमा असोज १४ गतेसम्म र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन भनिएको थियो । त्यसमा आवश्यक मात्रामा आवेदन नआएपछि ढिलोसम्म नै आवेदन खुल्ला गरिएको हो । 

यसअघि कम्पनीले साउन २८ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्ने घोषणा गरे पनि देशका अधिकांश स्थानहरुमा बाढी पहिरोको भयावह अवस्था सृजना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएका कारण सो निष्काशन कम्पनीले स्थगित गरेको थियो । 

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन् ।

यो कम्पनीको पहिलो चरणको आईपीओ निष्काशन हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ । यसमा स्थानीयमा बिक्री नभएको आईपीओ थप हुनेछ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८