२ संचालक नगएपछि तीन वर्षपछि आयोजित नेपाल हाइड्रोको साधारणसभा स्थगित

सोमबार, १७ कार्तिक २०७७, ०८ : ३०

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडकम्पनीले बोलाएको १४ औं साधारणसभा स्थगित भएको छ ।

तीन वर्षपछि हिजो आयोजित कम्पनीको साधारणसभामा २ संचालक नगएपछि सभा स्थगित भएको हो ।

यसअघि बुटवल पावर कम्पनीले एनएचइका सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कम्पनी सचिवसमेत लाई विपक्षि बनाइ २०७५ भदौ २० गते कम्पनी ऐन बमोजिम सजाय गरी पाउ भनि अदालतमा उजुरिपत्र र मुद्धा दायर गरेकाले कम्पनीको साधाणसभा सभा हुन सकेको थिएन ।

तर, दुवै पक्षबिच सहमति भएपछि शनिबार बटुवलमा बोलाइएको उक्त सभामा १ प्रतिशत गणपुरक सङ्ख्या नपुगेपछि सभा स्थगित गरिएको हो ।

यस कम्पनीकोएनएचइमा ५१ प्रतिशत, नर्वेजियन कम्पनी आइकेएनआइको ४७ प्रतिशत, हिमाल हाइड्रो पावर र बुटवल टेक्नीकल इन्टिच्युटको एक÷एक प्रतिशत शेयर लगानी रहेको छ ।
 

सोमबार, १७ कार्तिक २०७७, ०८ : ३०

प्रतिक्रिया