धितोपत्र बोर्डको निर्देशनपछि युनाईटेड इदी–मार्दीको आईपीओ निष्काशन हाललाई रोकियो, अब अर्काे महिनामा मात्र निकाष्शन हुने

३ बर्ष अगाडि

काठमाडौं – युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन मिति परिवर्तन भएको छ । कम्पनीले  भोलि कात्तिक २७ गतदेखि आईपीओ निष्काशन गर्ने भनेको थियो । तर, अब आगामी मंसिर ३ गतेदेखि मात्रा आवेदन खुल्ला गरिने कम्पनीको भनाइ छ । तर, त्यसको आवेदन दिने म्याद कहिलेसम्म भनेर केही खुलाइएको भने छैन । 
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नै आईपीओ निष्काशन मिति परिवर्तन गरिएको हो । 
कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको  थियो । यसअघि कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको उक्त आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
साथै, यस आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तिय दायित्व मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने बताइएको  छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया