पूर्वकै प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको झापाको विर्तामोड नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ ।
त्यसमा पनि अग्र्यानिक कृषि उत्पादनलाई विशेष जोड दिएको छ । कृषि उत्पादनलाई प्राथमिकता दिएकै कारण विर्तामोड नगरपालिका अहिले कृषि उत्पादनका हिसाबले आत्मनिर्भर बन्दै गएको छ ।
नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया कृषि क्षेत्रमा उल्लेख्यमा लगानी गरेकै कारण नगर अहिले तरकारी र खाद्यान्नमा आत्मनिर्भर हुने अवस्थामा पुगेको बताउनुहुन्छ ।
स्थानीय तह पुनःसंरचनापछि बनेको विर्तामोड नगर सरकारले पहिलो आर्थिक वर्ष २०७४र७५ मै कूल बजेटको ७।४७ अर्थात् रु एक करोड ७५ लाख बजेट कृषि क्षेत्रको विकासका लागि छुट्याएको थियो । आव २०७५र७६ मा रु एक करोड ८० लाख, आव २०७६र७७ मा रु एक करोड ९० लाख र चालू आर्थिक वर्ष २०७७र७८ मा रु एक करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।
चालू आर्थिक वर्षसहित स्थानीय सरकार सञ्चालनको चारवर्षे अवधिमा नगरको कूल बजेट रु तीन अर्ब छ करोड ८४ लाख ८० हजार छ । जसको २।३६ प्रतिशत अर्थात् रु सात करोड २५ लाख नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि विनियोजन गरेको देखिन्छ । विर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय तह निर्वाचनताका नै अग्र्यानिक कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आउनुभएको थियो । आफ्नो चुनावी एजेण्डालाई स्थापित गर्न र नगरवासीको दैनिकीसँग जोडिएको महत्वपूर्ण पाटो कृषिलाई प्रवद्र्धन गर्न विभिन्न योजना उहाँले ल्याउनुभएको छ । जसको परिणाम अहिले नगरपालिका कृषिमा आत्मनिर्भर हुँदै गएको हो ।
नगर क्षेत्रमा हुने अधिकांश कार्यक्रममा नगरप्रमुख शिवाकोटी अग्र्यानिक कृषिका विषयमा जोड दिनुहुन्छ । अग्र्यानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्नकै लागि नगरपालिकाले मेयर विषादीमुक्त नगर कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया