प्रदेश १ मा हालसम्म १६ हजारभन्दा बढी सङ्क्रमण मुक्त

विहीबार, २७ कार्तिक २०७७, १८ : ३५

प्रदेश  १ मा पछिल्लो २४ घण्टामा  ६६२ जना सङ्क्रमित सहित अहिलेसम्ममा  १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् । सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सङ्क्रमित हनेहरुमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई÷दुई, इलाम, तेह्रथुम र भोजपुर एक÷एक र प्रदेश बाहिरका नौ  जना रहेका छन् ।   प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ।
 

विहीबार, २७ कार्तिक २०७७, १८ : ३५

प्रतिक्रिया