आज एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा मनाइनदैछ ।
अरु वर्ष यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ भने तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको हो ।
शास्त्रीय मान्यता अनुसार आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउँदा नरक जान नपर्ने बताइन्छ ।
आज कुकुरलाई पूजा गरेर मिठा खानेकुरा दिएर कुकुर तिहार मनाउने गरिएको छ । आजै साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइन्छ ।
प्रतिक्रिया