काठमाडौं – कोरोना भाइरसको प्रभावले परिस्थीति सहज हुन नसक्दा करको दायरा विस्तार समेत प्रभावित भएको छ । अर्थ मन्त्रालयको असोससम्मको तथ्यांकले यस्तो देखाएको हो ।
मन्त्रालयका अनुसार यस अवधीमा स्थानी लेखा नम्बर लिने करदाताको सख्या ७२.७ प्रतिशतले घटेको छ । यस्तै, मुल्य अभिबृद्धि करमा दर्ता हुने करदाताको सख्या ५१.४ र अन्तशुल्कमा दर्ता हुने करदाताको सख्या ५६.३ प्रतिशतले घटेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयकाअनुसार असोजसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३५ लाख ३३ हजार ३४ रुपैयाँ पुगेको छ । यस अवधीमा दर्ता भउका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १४ लाख १९ हजार ट५८, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ७ हजार २९२, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ६ हजार ८४ पुगेको छ ।
यस्तै, मुल्य अभिबृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ६६ हजार ४८५ र अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ९१ पुगेको छ ।
प्रतिक्रिया