तिहारपछिको सुनचाँदीको मुल्यः सुनको घट्यो, चाँदीको बढ्यो

बुधबार, ०३ मंसिर २०७७, १० : ५०

काठमाडौं – तिहारपछि अर्थात् बुधबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
तिहारअघि अर्थात कात्तिक २८ गते सुनको मुल्य प्रतितोला रु. ९५ हजार २०० रहेको थियो । त्यसपछि तिहार विदाका कारण सुनको मुल्य तोकिएको थिएन ।  तिहार विदा सकिएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले आजदेखि सुनचाँदीको मुल्य तोक्न सुरु गरेको छ । सो क्रममा आज सुनको मुल्य प्रतितोला रु. ९५ हजार १०० तोकिएको महासंघको भनाइ छ । 
तर, चाँदीको मुल्य भने बढेको छ । तिहार अघि चाँदीको मुल्य प्रतितोला १२२० रुपैयाँ रहेको थियो । त्यो आज १२३० पुगेको महासंघको भनाइ छ । 

बुधबार, ०३ मंसिर २०७७, १० : ५०

प्रतिक्रिया