घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

विहीबार, ०४ मंसिर २०७७, ११ : १४

काठमाडौं – बिहीबार सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मुल्य घटाएर नयाँ मुल्य निर्धारण गरेको हो । 
हिजो सुनको मुल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ थियो । आज त्यो ९४ हजार ४०० रुपैयाँमा झरेको छ । 
यस्तै, आज तेजावी सुनको मुल्य भने ९३ हजार ९०० रुपैयाँ रहेको छ ।
यसैगरि आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १२३० रुपैयाँ रहेको चाँदीको मुल्य आज १२१५ रुपैयाँ रहेको छ । 

विहीबार, ०४ मंसिर २०७७, ११ : १४

प्रतिक्रिया