काठमाडौं – अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको थियो । आज बैंकिङ समय अर्थात् साँझ ५ बजेपछि आवेदन बन्द गरिने छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गरेको थिया । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो ।
कम्पनीले हकप्रद निष्काशनका लागि २०७६ चैत १ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयर बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। उक्त हकप्रदले इक्रा नेपालबाट इक्राएनपि आईपीओ ग्रेड ४ रेटिङ्ग पाएको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब १९ करोड ७ लाख रहेको छ । हकप्रद पछि यसको चुक्तापुँजी रु. १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया