साताको अन्तिम दिन ३६ अंकले बढ्यो नेप्से , कारोबार रकम ६ अर्बभन्दा बढी

३ बर्ष अगाडि

काठमाडौं,नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३६ अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७४१.८ बिन्दुको सुरु भएको कारोबार ३६.३२ विन्दुले वृद्धि भई  १७७८.१२ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक भने ४.९८ अंकले बढेर  ३४३.०७ मा पुगेको हो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमुह उकालो लागेको छन ।  

यस्तै आज कारोबारमा आएका कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ बराबरको  कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया