बालिका मृतावस्थामा फेला

विहीबार, ०४ मंसिर २०७७, १६ : २०

वाग्मती, घाइते एवं अचेतावस्थामा फेला परेकी मकवानपुर, वाग्मती गाउँपालिकाकी  चार वर्षीया बालिकाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  वाग्मती–७ लामिटारकी रुविना पाख्रिन आफ्नो घरदेखि ३०० मिटर टाढा रगतले लतपत भई घाइते अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि हेटौँडा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बुधबार हराएकी बालिका आज टाउकामा चोटपटक र  शरीरभरि रगत बगेको अवस्थामा फेला परेको वडाध्यक्ष  दिल्लीप्रसाद घोरसाइनीले जानकारी दिए ।  सो घटनामा एक जनालाई पकाउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । 
 

विहीबार, ०४ मंसिर २०७७, १६ : २०

प्रतिक्रिया