सुनचाँदीको मुल्य घट्यो, तोलाको कति ?

शुक्रबार, ०५ मंसिर २०७७, १० : ५७

काठमाडौं – बिहीबार पनि सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 
हिजो सुनको मुल्य प्रतितोला रु. ९४ हजार ४०० थियो । आज त्यो घटेर ९४ हजारमा आएको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । 
आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो १२१५ रहेको चाँदीको मुल्य आज १२१० मा झरेको महासंघको भनाइ छ । 

शुक्रबार, ०५ मंसिर २०७७, १० : ५७

प्रतिक्रिया