न्यादी हाइड्रोपावरको १३ औं साधारण सभा मंसिर २९ गते

३ बर्ष अगाडि

काठमाडौं – न्यादी हाइड्रोपावर कम्पनीको १३ औं वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितीको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगरमा अपरान्ह ३ बजे गर्ने जानकारी गराएको हो ।
सभाले आव २०७६/७७ को वार्षिक वित्तीय विवरण छलफल गरी पारीत गर्ने रहेको छ । साथै २०७७÷७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया