८१ हजार  आवेदकले मात्र युनाईटेड इदी हाइड्रोको शेयर पाउने

३ बर्ष अगाडि

युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयर  ८१ हजार २७३ जनाले मात्रै पाउने भएका छन् ।

कम्पनीको आईपीओमा  १२।३८ गुणा बढी आबेदन परेपछि बाँकी लगानीकर्ताको हात खाली हुने भएको हो। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार ५ लाख ५७ हजार २८९ वटा आबेदनबाट एक करोड ६९ हजार कित्ता शेयर माग भएको छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया