युनाइटेड रेफरेन्स ल्याबोरेटरी९युआरएल०द्वारा स्थापित एवम् सञ्चालित युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बाँस्तोलाको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पौडेल इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख एवम् रेडियो बाराहीका समाचार संयोजक हुनुहुन्छ । विसं २०५९ मा पत्रकारिता थाल्नुभएका पौडेल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिवको जिम्मेवारीमा रहनुभएको छ ।
यही मङ्सिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो । पुरस्कारको राशि रु २० हजार र साथमा ताम्रपत्र रहने छ । यसअघि सो पुरस्कारबाट पत्रकार ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसक्नुभएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।