मङ्सिर १७ देखि चन्द्रागिरी हिल्सको आईपिओ

मंसिर १०, २०७७ | आजको अर्थ
ajaako_artha

मङ्सिर १७ गतेदेखि चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

उक्त आईपिओमा छिटोमा पुस १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीको आइपीओ काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर कै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् । 

कम्पनीको शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।  

कम्पनीले स्थानीयलाई आइपीओ निष्काशन गरेपछि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।  

कम्पनीले  १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि यस अघि नै अनुमति पाइसकेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८