तामाङको हत्यामा संलग्न पक्राउ

मंसिर १२, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं , नेपाल प्रहरीले मातातीर्थका सानोकाजी तामाङको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँले विसं २०७० पुस २१ गते मातातीर्थका सानोकाजी महर्जनको हत्यामा सङ्लग्न मातातीर्थकै २८ वर्षीय विशाल तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

परिसरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले उच्च अदालत पाटनको २०७४ को आदेशअनुसार १८ वर्ष तीन महिना १७ दिन कैद फैसलापछि फरार रहेका विशाललाई बिहीबार मकवानपुरको हेटौँडाबाट पक्राउ गरिएको जानकारी दिए । मकवानपुरको बासपानीमा लुकेर बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हत्यामा संलग्न मृतककी श्रीमती पूर्णलक्ष्मी तामाङ भने हालसम्म पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८