अपाङ्गता भएकालाई ह्वीलचियर र टाइसाइकल प्रदान

३ बर्ष अगाडि

हेटाँैडा उपमहानगरपालिकाले शारीरिकरुपमा अशक्त मकवानपुरका २६ जनालाई ह्वीलचियर तथा टाइसाइकल वितरण गरेको छ ।

अपाङ्ग सरोकार केन्द्र मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सो अपागङ्ता सम्बन्धित सामग्री वितरण गर्नुभएको हो । 

राष्ट्रिय अपाङ्ग महासङ्घ वाग्मती प्रदेश र राष्ट्रिय अपाङ्ग पुनःस्थापना केन्द्र काठमाडौँको सहयोगमा ह्वीलचियर र टाइसाइकल वितरण गरिएको बताइएको छ । वितरण गरिएका सामग्रीले अपाङ्गता भएका कारण आवतजावत गर्न सजिलो हुने बताउँदै प्रमुख महतले आफ्नो उपमहानगरपालिकाले नगरसभाबाट बजेट छुट्याएर अपागङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो । 

उक्त अवसरमा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामा, राष्ट्रिय अपाङ्ग महासङ्घका नेपाल सङ्घीय कार्यसमिति सदस्य सुमन भट्टराई, राष्ट्रिय अपाङ्ग महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष अश्विन लम्साललगायतका वक्ताले अपाङ्गता भएका व्यक्तिको हकहितबारे बोल्नुभएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया