महामारी पनि बैदेशिक रोजगारमा जान बाध्य छन् नेपाली, कात्तिकमा मात्र बाहिरीए ८ हजार कामदार

मंगलबार, २३ मंसिर २०७७, १२ : २३

काठमाडौं – कोरोना भाइरसको महामारीमा पनि नेपालीहरू बैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सरकारले कोरोना कारण विदेशबाट फर्किने कामदारलाई नेपालीमै रोजगारी दिने घोषणा गरेको थियो । तर, सरकारले यस सम्बन्धमा प्रभावकारी कदम नलिएपछि नेपाल आएका कामदार पुनः विदेशीन बाध्य भएका हुन् ।
बैदेशिक रोजगार बिभागको तथ्यांकअनुसार कात्तिकमा मात्र ७ हजार ७९७ जना नेपाली बैदेशिक रोजगारीमा गएका छन् । त्यसमा सबैभन्दा बढी पुनः श्रम स्वीकृति लिएर नै जाने छन् । 
त्यसमा १५८३ जना नेपाली नयाँ श्रीम स्वीकृति लिएर बाहिर गएका छन् । यस बाहेकका भने पुनः श्रम स्वीकृति लिएर गएका हुन् । 
कोरोनाका कारण सरकारले गत फागुन २७ गतेदेखि श्रम स्वीकृति दिन बन्द गरेको थियो । तर, पछि असारदेखि भने खुल्ला गरेको थियो । त्यसपछि विदेशीने नेपाली बढ्दै गएका छन् । 
ओमन, दुवई, कतार, मेलेसिया जस्ता मुलुकमा नेपालीहरु बढी गएको तथ्यांकले देखाउछ । 

यस्तै, गत असोजमा पनि ८ हजार ९७ जना नेपाली बैदेशिक रोजगारमा गएका छन् । त्यसमा १५४२ जना नेपालीले नयाँ श्रम स्वीकृति लिएर गएका थिए । 

मंगलबार, २३ मंसिर २०७७, १२ : २३

प्रतिक्रिया