बुधबार बढ्यो सुनको मुल्य , कतिमा हुँदै छ कारोबार ?

बुधबार, ०१ पुस २०७७, ११ : १०


काठमाडौं ,आज बुधबाार सुनको मुल्य बढेको छ ।  आज सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 

हिजो प्रतितोला ९२ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ८ सयले बढेर ९३ हजार १ सय रुपैंयामा कारोबर हुने महासंघले बताएको छ । 
  
यस्तै, तेजावी सुनको मुल्य ९२ हजार ६५० रुपैयाँ तोकिएको छ । 

चाँदीको मुल्य पनि  ३० रुपैंयाले बढेर आज प्रतितोला १२३० मा करोबार हुने भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय रहेको थियो ।

बुधबार, ०१ पुस २०७७, ११ : १०

प्रतिक्रिया