नेपालमा अहिलेसम्म १५ अर्ब ६० करोड लिटर इन्धन भित्रिएको छ।
आर्थिकवर्ष २०६७/०६८ देखि हालसम्म १५ अर्ब ६० करोड १९ लाख ३० हजार लिटर इन्धन भित्रिएको नेपाल आयल निगमले जनाएको छ।
१० वर्षको अवधिमा सबैभन्दा धेरै डिजेल १० करोड ६४ लाख १ हजार १ सय ७६ किलो लिटर र पेट्रोल ३३ लाख ६९ हजार ७ सय ७६ किलो लिटर भित्रिएको छ।
यस्तै मट्टितेल २ लाख ४७ हजार २ सय १ किलो लिटर, हवाई इन्धन १३ लाख ७६ हजार २ सय ७९ किलो लिटर र फर्नेस आयल ७ हजार ९ सय ९८ किलो लिटर भित्रीएको छ।
जसमा पेट्रोल सबै भन्दा धेरै आर्थीक बर्ष २०७५ / ७६ मा ५ लाख ६६ हजार ८ सय २७ किलो लिटर भित्रीएको थियो भने डिजेल आ ब २०७५/७६ मै १७ लाख १४ हजार ९ सय १७ किलो लिटर भित्रीएको थियो।
यस्तै मट्टितेल आ ब २०६७/६८ मा ७३ हजार ३ सय ९९ किलो लिटर भित्रीएको थियो भने हवाई इन्धन आर्थिकवर्ष २०७५/६६ मा २० लाख १ सय ८ किलो लिटर भित्रीएको तथ्यांक रहेको छ।
प्रतिक्रिया