काठमाडौं, आज साताको अन्तिम दिन (शुक्रबार) सुनको मुल्य हात्तै बढेको छ ।
हिजो प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोलामा ८ सयले वृद्धि भई ९४ हजार ३ सयमा कारोबार हुने सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य आजका लागि ९३ हजार ५ सय ५० रुपैंया तोकिएको छ ।
त्यसेगरी चाँदीको मुल्यमा पनि २५ रुपैंयाले बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १२ सय ५५ रुपैंया रहेको थियो ।
प्रतिक्रिया