काठमाडौं- चालु आर्थिक वर्षको चार माहिनामा चाँदी आयातमा गिरावट आएको छ । व्यापार तथा निर्यात प्रवन्ध केन्द्रका अनुसार पहिलेको आर्थिक वर्षको सोही चार महिनाको तुलनामा ७२ प्रतिशतले घटेको हो ।
कोरोना माहारीका कारण चाँदीको भाउ बढे सँगै नेपालमा चाँदी विक्री हुन छाडे पछि यसको आयातमा पनि गिरावट आएको छ । कात्तिक सम्ममा नेपालमा १ अर्ब ३ करोड २० लाख ३ सय दुई रुपैयाको चाँदी आयात भएको छ । यो गत वर्षको चार महिनाको तुलनामा ७२.४ प्रतिशले गिरावट आएको हो ।
गत वर्षको चालु आर्थिक वर्षको चार महिनामा ४ अर्ब ७ करोड ७९ लाख ८६ रुपैयाँको चाँदी आयात भएको थियो । भने गत बर्षको आवमा ९ अर्ब ४ करोड ९३ लाख ८० रुपैयाँको चाँदी नेपाल भित्रिएको थियो ।
प्रतिक्रिया