काठमाडौं- माउन्टेन हाइड्रो नेपाल लिमिटेडको संयुक्त वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीले चौंथो तथा पाँचौं सभा एकैपटक आह्वान गरेको हो ।
कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २७ गते बिहान ११ बजेदेखि कालिमाटी व्याङ्क्युटमा हुनेछ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरिने बताइएको छ ।
प्रतिक्रिया