काठमाडौँ–पाँचतारे होटल डेल अन्नपूर्ण अनिश्चितकालका लागि बन्द भएको छ। होटल एसोसिएसन (हान) का अध्यक्ष तथा होटलका सञ्चालक सिर्जना राणाले होटल केहिले खुल्ने कुरा अहिले यकिन नभएको जानकारी दिइन्।
कोरोना महामारीले होटल व्यवसायमा परेको प्रत्यक्ष असरका कारण अहिले आम्दानीभन्दा खर्च बढि भइरहेकाले होटल बन्द गर्नु परेको राणाले बताइन्। कोरोना महामारीका कारण पर्यटनहरुको आगमन पनि हुन नसकेकाले होटल सञ्चालन गर्न गारा भएको र कर्मचारीहरुलाई पनि तलब दिन सक्ने अवस्था नरहेको कारण होटेल बन्द गरिएको उनको भनाइ छ।
‘आफू पनि बाचु र कर्मचारीलाई पनि बचाउँ’ भन्ने उद्देश्यले होटल एसोसिएसनसँग गरिएको सम्झौता अनुसार २०२० को डिसेम्बरसम्मको न्युनतम तलब दिने उनले बताइन्।
उनले भनिन्, ‘सम्झौता अनुसार न्यूनतम तलब दिन्छौँ। अब आउँदो दिनमा त्यो पनि सकिदैन। कोरोना महामारीका कारणले पर्यटकहरु आएका छैनन् । कर्मचारीहरुको स्यालरी नि धेरै हाई छ। अहिले त्यो पुरा गर्ने अवस्थामा हामी छैनौ।’उनले होटल बन्द भए पनि आफूहरुले सक्ने गरी कर्मचारीहरुको व्यवस्थापन गर्ने बताइन्। होटलमा हाल ३६० जना कर्मचारीहरु रहेका छन्।
यस्तै ‘२०२१ मा पनि होटल चलाउन सक्ने अवस्था छैन। यो बेलालाई अध्ययन गरेर यसलाई कसरी अगाडी बढाउन सकिन्छ’ उनले भनिन्, ‘२०२२ मा पर्यटन आउने बितिकै होटल खोल्नेस्थिति पनि छैन। ५५ वर्ष पुरानो भवनको मर्मत पनि गर्नुपर्ने छ।’
प्रतिक्रिया