किसानलाई तिर्न श्रीराम सुगर मिलले जम्मा गर्‍याे २५ करोड

सोमबार, ०६ पुस २०७७, १६ : ३२

उखु किसानको बक्यौता रकम तिर्न श्रीराम सुगर मिल्सले २५ करोड रुपैयाँ जम्मा गरेको छ । 

उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागी पौष ३ गते र ५ गते गरी २५ करोड ३० लाख २७ हजार ५२६ रुपैयाँ उद्योगको बैंक खातामा जम्मा गरेको मिलले जनाएका ेहो । 

उद्योगले पुस ३ गते १६ करोड ४४ लाख ७० हजार ७०० र पुस ५ गते ८ करोड ८५ लाख ५७ हजार ५ सय १९ जम्मा गरेको हो । उद्योगले जम्मा गरेको रकम किसानहरुको खातामा जम्मा भई रहेको पनि कम्पनीले जनाएको छ ।

साथै बांकी बक्यौताको हकमा प्रत्येक दिन क्रमशः भूक्तानी गर्दै जाने उद्योगले जनाएको छ ।

सोमबार, ०६ पुस २०७७, १६ : ३२

प्रतिक्रिया