रासायनिक मलको कारखानामा ग्यास चुहिँदा दुईको मृत्यु, १५ घाइते

बुधबार, ०८ पुस २०७७, १२ : १४

एजेन्सी- भारतको एउटा रासायनिक मल कारखानामा ग्यास चुहिँदा २ कर्मचारीको मृत्यु भएको छ । 

प्रयागराजको फुलपुरस्थित इन्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड(इफ्को) को प्लान्टमा मंगलबार राति घटना भएको हो।
 
उक्त घटनामा परी १५ जना घाइते भएका छन्। युरिया उत्पादन युनिटमा अमोनिया ग्यास चुहिँदा असिस्टेन्ट मेनेजर वीपी सिंह र डेपुटी मेनेजर अभय नन्दनको मृत्यु भएको हो। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्लान्टको पाइपबाट सुरू भएको लिकेज रोक्न अघि सरेका सिंह र नन्दन गम्भीर घाइते भएका थिए। गम्भिर अवस्थामा कारखानाबाट उद्धार गरेर अस्पताल भर्ना गरिएपछि दुई जनाको मृत्यु भएको बताइएको छ । 

सन् १९७५ बाट प्लान्टहरू स्थापना गरेर रासायनिक मल उत्पादन गर्दै आएको इफ्को भारतका मल उत्पादनहरूंमध्येको ठूलो कम्पनी हो।

बुधबार, ०८ पुस २०७७, १२ : १४

प्रतिक्रिया