काठमाडौं- चालु आर्थि बर्षको मंसिर महिना सम्ममा नेपालबाट रु ४ करोड १२ लाख ५० रुपैयाँ बराबरको १ सय ६० केजी र ८ लाख ९५ हजार ६ यस ४५ ओटा फेस मास्क निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्कले देखाए अनुसार नेपालबाट विभिन्न देशहरुमा उक्त रकम बराबरको फेस मास्क निर्यात भएको हो ।
विभागका अनुसार नेपालबाट भुटानमा १३ केजी र १० हजार ५ यस दुई ओटा फेस मास्क निर्यात भएको छ । त्यस्तै भारतमा ३ हजार ७ सय ओटा निर्यात भएको छ भने जापानमा ३ लाख २४ हजार ओटा फेस मास्क निर्यात भएको छ ।
अमेरिकामा ५ लाख ७८ हजार ६ सय ४८ फेस मास्क निर्यात भएको छ । साथै बेलायत, फ्रान्स, जर्मनी, सिंगापुर, अरविया जस्ता देशहरुमा पनि फेस मास्क निर्यात भएको छ ।
त्यस्तै चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा रु ४० करोड २ लाख ४९ रुपैयाँ बराबरको २७ हजार १ सय ७१ केजी र ६ करोड ८७ लाख १ हजार ५ सय ८४ ओटा फेस मास्क विभिन्न देशहरुबाट नेपालमा आयात भएको छ ।
जसमा चीनबाट २४ हजार २ सय ६३ केजी र ४ करोड ५४ लाख ६ हजार तीन ओटा फेस मास्क आयात भएको छ । त्यस्तै बंगलादेशबाट २ हजार ५ सय दुई ओटा मास्क भित्रिएको छ । भारतबाट २ हजार ६ यस ७८ केजी र २ कारोड ८२ लाख ३ हजार २ सय ६८ ओटा मास्क आयात भएको छ ।
विभागका अनुसार थाइल्याण्डबाट १ लाख ८८ हजार २ सय तीन ओटा, सिंगापुरबाट ७३ हजार ७ सय ४२, कोरियाबाट ४२ हजार ७ सय ३५ ओटा र जापानबाट १६ हजार ३ सय चार ओटा मास्क आयात भएको छ ।
त्यस्तै अफ्गानस्थान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, मेक्सीको, मलेसिया, म्यानमार, पोर्चुगल, कतार जस्ता विभिन्न देशबाट नेपालमा फेस मास्क आयात भएको छ ।
प्रतिक्रिया