राप्रपाले पुस १७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने

मंगलबार, १४ पुस २०७७, १० : २९

काठमाडौं, राप्रपाले पुस १७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी गरेको छ।

पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको अर्को विकल्प नभएको पार्टीका नेता मोहन श्रेष्ठले बताएका छन्।

उनले हिन्दुराष्ट्र र राजसंस्थासहित लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग राप्रपाले राख्दै आएको पनि बताए।

हालै बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीले लिएका एजेन्डा लिएर आन्दोलन तथा प्रदर्शनमा जाने निर्णय गरेको उनको भनाइ छ।

मंगलबार, १४ पुस २०७७, १० : २९

प्रतिक्रिया