घलेम्दी हाइड्रोपावरको संयुक्त साधारण सभा माघ १५ गते

आइतबार, १९ पुस २०७७, १४ : ३२


काठमाडौं घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पाँचौ र छैठौँ वार्षिक साधारणसभा एकै पठक बोलाएको हो । 

कम्पनीको पौष १७ बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार माघ १५ गते होटल मुनलाईट पक्नाजोल, काठमाडौंमा संयुक्त साधारण सभा हुन लागेको हो । 

सभा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि तोकिनेछ । 

 

 

आइतबार, १९ पुस २०७७, १४ : ३२

प्रतिक्रिया