सीताको लागि प्रचण्ड भारत जादैं

सोमबार, २० पुस २०७७, ११ : ४१

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारत जाँदैछन् । पत्नी सीताको उपचारका लागि सोमबार उनी र पत्नी सीता मुम्बई जान लागेको प्रचण्डको सचिवलायले जनाएको छ। 

अस्वस्थ्य भएपछि केही दिनअघि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि सीतालाई आज भारतको मुम्बई लैजान लागिएको हो । 

उनको साथमा छोरी गंगा दाहाल पनि रहने प्रचण्डको सचिवालयले जनाएको छ ।


 

सोमबार, २० पुस २०७७, ११ : ४१

प्रतिक्रिया