सम्पन्न भयो सिनर्जी पावरको साधारणसभा

बुधबार, २२ पुस २०७७, १५ : २६

काठमाडौं- सिनर्जी पावर डेभलपमेन्टको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को एक साथ ३ वटा सभा सम्पन्न गरेको हो । 

सभाले लाभांश सहितका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको छ । 

त्यस्तै कम्पनीको साधारणसभाले नयाँजलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ’मध्यहोंगु खोला ए’ जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो । सोहि प्रस्ताव साधारणसभाले पारित गरेको हो ।
  
कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ ।

बुधबार, २२ पुस २०७७, १५ : २६

प्रतिक्रिया