काठमाडौं , नेपालमै नमुना आयोजनाको रुपमा निर्माण भइरहेको २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाका लागि हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)सँग आज स्वपुँजी लगानी सम्झौता भएको छ। कूल स्वपुँजी मध्ये एचआइडिसिएलले १८.५२ प्रतिशत अर्थात २० करोड रुपैँया लगानी गर्ने भएको हो । योसँगै आयोजनाले अर्को एउटा सफलताको खुड्कीलो चढेको छ ।
उक्त आयोजना ५ अर्ब लागतमा शुरु गरिएको हो । आयोजनाको डिजाइन गरेको हाइड्रो कन्सल्ट्यान्ट इञ्जिीनयरिङका अनुसार नदी जल प्रवाहमा आधारित आयोजना रहेकाले सेती नदीको पानी ५ मिटर बाँध बाँधेर एप्रोच कल्भर्डबाट ६० मिटर लम्बाइ, २३ मिटर चौडाइको बेसिन २२ मिटर गहिरो पोखरीमा थिग्राएर पाइप मार्फत विद्युत् गृहमा पठाइनेछ ।
उत्पादित विद्युत् प्रसारण लाइनमार्फत चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सबस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । विद्युत् वर्षायाममा ६ महिना ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरीद गर्ने सम्झौता छ ।
'हाम्रो कामको तिव्रता, पारदर्शीता, गुणस्तर र टिम देखेर उनिहरुले तत्काल अर्को आयोजना सुरु गर्न पनि आह्वान गर्नु आफैमा अर्को खुशी र उत्साहको विषय हो' कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल बताएका छन् ।
प्रतिक्रिया