प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने

आइतबार, २६ पुस २०७७, १० : ०९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको  बैठकमा सम्बोधन गर्ने भएका छन्। बैठक आज दिउँसो १ बजे बस्ने छ।

प्रधानमन्त्री ओलीले देशको समसामयिक विषयमा बैठकमार्फत सम्बोधन गर्ने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्रै रहेको अवस्थामा सोही ठाउँबाट प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
 

आइतबार, २६ पुस २०७७, १० : ०९

प्रतिक्रिया