ओलीको सडकछाप पार्टी सडकको धुलोमा परिणत हुँदैछ : माधव नेपाल

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपीको पार्टीलाई सडकछाप पार्टीको संज्ञा दिएका छन् । 

प्रज्ञा भवनमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सडकछाप पार्टी सडकको धुलोमा परिणत हुने बताए । 

ओलीको सर्वसत्तावादी प्रबृत्ति, अहंकार, मै राज्य हुँ, मै पार्टी हुँ भन्ने प्रबृत्तिका कारण सबैले उनको साथ छोड्ने र उनको पार्टी सडकको धुलोमा परिणत हुने बताए ।  

अध्यक्ष नेपालले केपी ओलीले माक्सवाद प्रतिको निष्ठा, कम्युनिष्ट संस्कार, आचरण सबै छाडेर कम्युनिष्ट आन्दोलनलाई धोका दिएकोले उनी कम्युनिष्ट नरहेको पनि आरोप लगाए । ‘उहाँ कम्युनिष्ट होइन, कम्युनिष्टमा कुनै पनि विशेषता छैन’, अध्यक्ष नेपालले भने । 

अधिकाँश समय आफू एउटै पार्टीमा रहँदा  प्रधानमन्त्री ओलीको व्यवहार र प्रवृत्तिको भण्डाफोरमा खर्च गरेका नेता नेपालले ओलीलाई फोहोरको डुंगुर भएको भन्दै आलोचना गरे । ‘उहाँ फोहोरको डंगुर हो, सुध्रिन्छ कि भनेर फोहोर बोकेर हामी हिँड्यौँ र गन्हायौँ । तर उहाँ सुध्रिनुभएन’, नेपालले भने ।  

केपी ओलीले संविधानमाथी, लोकतन्त्रमाथी र जनताले गरेको आन्दोलनको उपलब्धीमाथी प्रहार गरेकोर सर्वसत्तावादी हुन खोजेकोले सबैले उनको साथ छाड्दै जाने र अन्त्यमा ओली निरीह हुने उनको जिकीर छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया