नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हुँदाछँदाको प्रतिनिधिसभा विघटन गरेर अर्बौं खर्च हुने चुनाव घोषणा गरेर सरकारले खोप ल्याउन चन्दाको विज्ञापन गरेको भन्दै सरकारलको आलोचना गरेका छन् ।
सरकारले कोरोना खोप ल्याउन खोप कोष स्थापना गरेर सहयोगको लागि आह्वान गर्दै पत्रपत्रिकामा सूचना छापेपछि प्रवक्ता शर्माले सरकारको आलोचना गरेका हुन् ।
‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको विज्ञापन छाप्छ, भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ, तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ,’ प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन् ।
उनले सरकारले जनताको जीवन रक्षालाई बिर्सिएर भोटको मात्रै अपेक्षा गरेको समेत टिप्पणी गरेका छन् ।
‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय,’ उनले लेखेका छन् ।
प्रतिक्रिया