पुस सान्तसम्म कति उठ्यो राजश्व ?, यस्तो आयो सरकारको तथ्यांक

३ बर्ष अगाडि

काठमाडौं – नेपाल सरकारले चालु आर्थिक वर्षको पुष मसान्तसम्म रु। ४ खर्ब २२ अर्ब बढि राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको पुष मसान्त सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
 
तथ्याङ्क अनुसार सरकारले राखेको लक्ष्य अनुरूप अहिले सम्म ४१ प्रतिशत मात्र राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/८८ मा १० खर्ब ११ अर्ब ७५ लाख ८४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा ४ खर्ब २२ अर्ब २३ करोड ५९ लाख मात्र राजस्व संकलन भएको छ । पुसको मसान्तको दिन मात्र ३३ अर्ब ७१ करोड ६१ लाख राजस्व संकलन भएको थियो ।

लक्ष्य प्राप्तिका लागि ६ महिना औसत ५० प्रतिशत राजस्व संकलन हुनु पर्ने थियो । तर ६ महिना सम्ममा ४१ प्रतिशत मात्र राजस्व संकलन भएको छ । त्यो अनुसार चालु आवमा लक्ष्य अनुरूप राजस्व संकलन गर्न नेपाल सरकारलाई चुनौतिपूर्ण रहेको छ ।
  
समीक्षा अवधिमा ट्याक्स रेभिन्यु मार्फत ३ खर्ब ८६ खर्ब ५३ करोड ४२ लाख राजस्व संकलन भएको छ । यो सरकारले राखेको लक्ष्य अनुरूप ४२ प्रतिशतमात्र राजस्व संकलन भएको हो । सरकारले आव २०७७÷७८ मा ट्याक्स रेभिन्यु मार्फत ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाखको लक्ष्य राखेको थियो । 

त्यसै गरि नो ट्याक्स रेभिन्यु मार्फत सरकारले राखेको लक्ष्यअनुसार आवको ६ महिना सम्ममा ३६ प्रतिशत मात्र राजस्व संकलन भएको छ । चालु आवको ६ महिनामा ३५ अर्ब ७० करोड १७ लाख राजस्व संकलन भएको छ । सरकारको आव २०७७/७८ मा ९० अर्ब ८० करोड ९४ लाख यस्तो राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
 
विदेशी दातृ निकायबाट चालु आवको ६ महिनामा ५ अर्ब ३० करोड ७८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । जुन सरकारको लक्ष्य भन्दा निकै कम हो । सरकारले यस वर्ष दातृ निकायबाट ६० अर्ब ५२ करोड ७७ लाख ल्याउने लक्ष्य लिएको थियो । तर, ६ महिनामा लक्ष्यको ८ प्रतिशत मात्र सहयोग रकम प्राप्त भएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया