नेपाललाई कोरोनाको खोप दिँदै भारत, ६ मुलुकलाई मात्र दुई करोड डोज

३ बर्ष अगाडि

भारतले नेपाललाई पनि कोरोना भाइरसको खोप दिने योजना बनाएको छ । 

भारतिय सञ्चार माध्यम टाइम्स अफ इन्डिया अनुसार भारतले आफ्ना छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस विरुद्धको खोप दिने योजना बनाएको हो ।

भारतले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी  नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा निर्यात गर्ने जनाएको छ । 

योजनाअनुसार कोरोना खोपको पहिलो खेप अबको दुई साताभित्र निर्यात गरिनेछ । त्यसपछि मात्र भारतले ल्याटिन अमेरिका, अफ्रिकालगायतका मुलुकमा खोप निर्यात गरिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया