बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य, प्रतिलिटरको मुल्य कति ?

मंगलबार, ०६ माघ २०७७, ०९ : १९

काठमाडौं- नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले  पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको छ ।
 
सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । 

 निगमका अनुसार प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको जनाएको छ ।

अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ४९ करोड ८८ लाख रुपैयाँ घाटा हुने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरि व्यवस्थापन गरिने निगमले जनाएको हो ।

मंगलबार, ०६ माघ २०७७, ०९ : १९

प्रतिक्रिया