मंगलबार ४ सयले बढ्यो सुनको मुल्य, तोलाको कति ?

मंगलबार, ०६ माघ २०७७, १० : ४५

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ४०० रुपैयाले बढेको छ । 

सोमबार प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ४०० रुपैैंयाले बढेर प्रतितोला ९२ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैैयाले बढेर मंगलबार १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारका चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैया रहेको थियो ।
 

मंगलबार, ०६ माघ २०७७, १० : ४५

प्रतिक्रिया