भारतसँग नजिक भएपछि चीनसँग व्यापार सम्बन्ध तोड्ने तयारीमा सरकार, उद्योगमन्त्रीले मुख खोले

मंगलबार, ०६ माघ २०७७, १८ : ०९

काठमाडौं – संसद विघटन गर्नका लागि भारतसँग नजिकिएको सरकारले चीनसँगको सम्बन्ध टाढा बनाउन ब्यापार सम्बन्ध तोड्ने संकेत देखिएको छ ।  

सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसको संकेत गर्दै चीनसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्न प्रधानमन्त्रीसँग छलफल भएको समेत खुलासा गरे । 

नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मंगलबार मन्त्री भट्टले  विभिन्न बाहानामा चीनले एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको कारण  व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको तर्क गरे । 

पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोकेको भन्दै उनले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाए । 

‘हाम्रो पडौसीको व्याहारले असहज र अप्ठ्यारो भएको छ,  अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन्’ उनले भने, ‘यस्तै हो भने चीनसंग व्यापार गर्ने की नगर्ने रु यस बारेमा मैले प्रधानमन्त्री ज्यूसंग गंभिर प्रश्न उठाएको छु, अब यो हो भने त यसरी कसरी चिनसंग कसरी व्यापार गर्ने ?’

१०१० महिनादेखि सामान रोकिएको बेला कन्टेनरको मूल्य समेत बढाएको भन्दै यो गलत भएको मन्त्री भट्टले बताए । ‘ व्यापारीलाई असहज बनाउने भनेको त यो सबै नेपाली जनतामाथीको मार हो, एउटा व्यापारीले एउटा वस्तु बिक्री गर्ला अर्को किन्ने त उपभोक्ता हो नि’ उनले भने  । नाकामा चिनियाँ अर्घेलोबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर ढंगले प्रश्न उठाएको पनि भट्टको भनाइ छ ।

मंगलबार, ०६ माघ २०७७, १८ : ०९

प्रतिक्रिया